देउवाको मनको कुरो सुनेपछि हाँसोको फोहोरा

देउवाको मनको कुरो सुनेपछि हाँसोको फोहोरा

सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई ‘अफ्ठ्यारो व्यक्ति’ भन्नुभएको छ । सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा उहाँले आफ्नै मर्जीले नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको छ । 

त्यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनबाट सभापति देउवा अवकाश हुन लागेकोमा धन्यवाद दिएका थिए । ‘कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले बोल्दा यति धेरै प्रशंसा भयो’, उनले भनेका थिए, ‘शीतल निवासबाट निस्केर पूर्वराष्ट्रपति राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ, अब सभापतिज्यूले त्यसको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु ।’

त्यसको केही समयपछि सभापति देउवाले जवाफ फर्काउँदै भन्नुभयो, ‘म के गर्छु मेरो कुरा हो, म कसैले भनेर गर्ने होइन, मेरो मर्जी हो, म अप्ठेरो मानिस हुँ।’ उहाँको जवाफ सुनेपछि बैठक कक्षमा एकछिन हाँसोको फोहोरा छुटेको थियो ।

टिप्पणीहरू