कूप्रथाको कारण कञ्चनपुुरमा एक महिलाको मृत्यु
कञ्चनपुुरमा छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु भएको छ । कृष्णपुुर नगरपालिका–१, निगालीमा २८ वर्षीया कमला आउजीलाई शुक्रबार राति सर्पले डसेको र हिजो बेलुकी उपचारको क्रममा निधन भएको बताइएको छ ।
उनको गालामा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले कमलाको छाउगोठमा सुतेको बेलामा सर्पले टोकेर ज्यान गएको बताए ।
सुदूरपश्चिममा महिला रजश्वला र सुत्केरी हुँदा छाउगोठमा सुत्ने कूप्रथा अहिले पनि कायम छ ।
टिप्पणीहरू