प्रतिनिधि सभामा विधेयकहरु प्रस्तुत गरिँदै
संघीय संसदअन्तर्गत आज बस्न लागेको प्रतिनिधि सभाको बैठकमा विधेयकहरु प्रस्तुत गरिँदै छ । दिउँसो १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पती सम्बन्धी विधेयक, २०८२ प्रस्तुत गर्नुहुनेछ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
टिप्पणीहरू