एमालेको संयुक्त भेला आज

एमालेको संयुक्त भेला आज

नेकपा एमालेले केन्द्रीय विभागहरुको संयुक्त भेला बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो ३ बजे भेला राखिएको हो । 

आगामी २० देखि २२ गतेसम्म हुन लागेको पार्टीको दोस्रो विधान महाधिवेशन र साउन ५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकबारे भेलामा वृहत छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । 

उनका अनुसार सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरुलाई आजको भेलामा अनिवार्य उपस्थित हुन भनिएको छ ।
 

टिप्पणीहरू