भात खाएर निस्केका नेतालाई कालोमोसो

भात खाएर निस्केका नेतालाई कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साह र निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि कालोमोसो दलिएको छ । पार्टी कार्यकर्ताले आज दिउँसो दुई जनामाथि कोलोमोसो छ्याप्दै आक्रमण गरेका हुन् । 

बताइएअनुसार साह र यादवले आफूहरुलाई मिथ्या आरोपमा निलम्बन गरिएको दावी गर्दै अस्ति (शुक्रबार)देखि अध्यक्ष सिके राउतविरुद्ध ‘जनसंवाद’ कार्यक्रम सुरु गरेका छन् । सोही कार्यक्रमका लागि आज उनीहरु बाराको गढीमाई नगरपालिका–३ स्थित दहियाचोक पुगेको र दिउँसोको खाना खाएर निस्किँदै गर्दा राउत निकटका केन्द्रीय सदस्य विकास सिंह नेतृत्वको समूहले कालोमोसो छ्यापेको आरोप छ ।  

निलम्बित भइसकेका व्यक्तिले पार्टीको झण्डा र ब्यानर प्रयोग गरेपछि सचेत गराइएको जिल्ला इञ्चार्ज शिवनाथ पटेलले बताएका छन् ।

टिप्पणीहरू