फेरि मन फुकाए मीनबहादुरले
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जको विस्तारित सेवा भवन उद्घाटन गर्नुभएको छ । भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र श्रीमती सावित्रीको आर्थिक सहयोगमा निर्मित पाँच तले भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङले समाज सेवामा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।
कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन् । क्यासिनोमा खर्च गर्नेहरू सुध्रिउन्, गुुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्
शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ भवन उद्घाटन गर्दै भन्नुभयो, ‘उहाँले दुःख गरेर कमाएको धन सामाजिक कार्यमा दान गर्नुभएको छ । कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन् । क्यासिनोमा खर्च गर्नेहरू सुध्रिउन्, गुुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस् ।’
गुरुङले दिवंगत मातापिताको सम्झनामा अस्पताल हातामा साढे नौ करोड रुपैयाँमा पाँच तले भवन निर्माण गरिदिएका हुन् । १४ वर्षअघि पनि उनले १० करोड रुपैयाँमा अस्पतालको आकस्मिक सेवा भवन बनाइदिएका थिए ।
तस्बिरहरु






टिप्पणीहरू