आफ्नै मन्त्रीविरुद्ध एमाले सांसद

आफ्नै मन्त्रीविरुद्ध एमाले सांसद

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले मन्त्री गुप्तालाई छानबिनको दायरमा ल्याउन सभामखुमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

eमन्त्री गुप्ताले मालपोत अधिकृतको सरुवा र भूमि आयोगमा नियुक्ति दिलाउन घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएको सन्दर्भ औँल्याउँदै सांसद साहले ‘देखेर पनि अनदेखा गर्नु अर्को अपराध रहेको’ बताए ।  ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ?’, उनले भने, ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’

त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पनि सार्वजनिक अडियोमा मुछिएका सबै मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

टिप्पणीहरू