सिके बालाजु, ओली–देउवा बालुवाटार

सिके बालाजु, ओली–देउवा बालुवाटार

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । उनी केही बेरअघि वनस्थलीस्थित घण्टीघर पुगेर सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । 

अध्यक्ष राउतलाई हस्ताक्षर अभियानका संयोजक दिपक बोहरा र सांसद सोविता गौतमले स्वागत गरेका थिए । राउतले लामिछानेमाथि राजीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिएका छन् ।

यता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच छलफल हुँदैछ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ ।

टिप्पणीहरू