महेन्द्र मोरङ क्याम्पसबाट खुकुरी बरामद
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट खुकुरी बरामद भएको छ ।
प्रहरीका अनुसार आज दिँउसो परीक्षा भइरहेका बेला केही युवाहरू खुकुरी लिएर प्रवेश गरेका थिए । विद्यार्थीहरुले होहल्ला गरेपछि उनीहरु खुकुरी त्यहीँ छोडेर भागेका थिए ।
विद्यार्थीहरुले स्ववियु सभापति रोहित यादवको कार्यकक्षमा खुकुरी राखेर प्रहरी बोलाएका थिए । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, मोरङको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) कोपिला चुडालले बताइन् ।
‘दुई वटा खुकुरी फेला परेको छ । त्यो खुकुरी कसको हो ? भनेर अनुसन्धान भइरहेको छ’,उनले भनिन् ।
टिप्पणीहरू