कास्कीमा तोकियो गाडी गुडाउने समय तालिका

कास्कीमा तोकियो गाडी गुडाउने समय तालिका

जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकमा गुड्ने सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । सर्वसाधारणलाई बाढी र पहिरोको जोखिमबाट बचाउनका निम्ति कार्यालयले गाडी चलाउन समय तोकेको हो । 

काँहुखोलादेखि सिक्लेस जाने सवारी साधनहरु साँझ ५ बजेभित्र प्रस्थान बिन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने कार्यालयले जनाएको छ । त्यसैगरी, सिक्लेसदेखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५ बजे गन्तव्यका लागि निस्किसक्नुपर्नेछ । भोलिदेखि आगामी सात दिनसम्म यात्रुवाहक र मालवाहक सवारी साधनले यही तालिका पालना गर्नुपर्नेछ । 

वर्षात्को समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारण यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरण गर्न सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । यसअघि कार्यालयले बिरेठाँटीदेखि घान्द्रुक, उल्लेरी र लुम्लेदेखि लान्द्रुक, काँहुखोलादेखि ताङ्तिङ गुड्ने सवारी साधनको पनि समय निर्धारण गरेको थियो । 

१५ दिनसम्म सो समयतालिकालाई निरन्तरता दिइएको कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू