नेपाल र चीनबीच मित्रताको नयाँ प्रतिबिम्ब

नेपाल र चीनबीच मित्रताको नयाँ प्रतिबिम्ब

नेपाललाई विश्वको साहसिक पर्यटन उद्योगमा अगुवा राष्ट्र बनाउने उद्देश्यका साथ नेपाल कम्प्रिहेन्सिभ टुरिज्म गार्ड प्रोजेक्ट औपचारिक रूपमा घोषणा गरिएको छ ।

मित्रराष्ट्र चीनको सहकार्यमा प्रारम्भ गरिएको उक्त परियोजनाले प्रविधि, बीमा, उद्धार तथा स्वास्थ्य सेवाको समायोजनमार्फत् नेपाल भ्रमणमा आउने पर्यटकहरूको सुरक्षामा विशेष योगदान पुर्याउने लक्ष्य राखिएको छ । परियोजना दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२५’ को सन्दर्भमा शुभारम्भ भएको हो ।

हिमालयन गार्जियन नेपाल प्रा.लि. को पहलमा शुरु भएको परियोजनामा नेपाली तथा चिनियाँ प्राविधिक टोलीको विशेष योगदान रहेको बताइन्छ । पर्यटन मन्त्रालयका अनुसार परियोजनाले नेपालमा साहसिक पर्यटनको नयाँ युगको सुरुवात गरेको छ ।

यसले पर्यटकहरूलाई बीमा, उद्धार तथा उपचार सेवा एकै ठाउँमा उपलब्ध गराउने भएकाले यसबाट नेपालमा पर्यटनको विश्वसनीयता थपिने विश्वास लिइएको छ । परियोजनालाई दुई मुलुकबीच कायम रहेको मित्रताको प्रतिबिम्ब र दीगो साझेदारीको उदाहरणको रूपमा हेरिएको छ ।

टिप्पणीहरू