दुई राजदूतलाई जिम्मेवारी थप
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा रहेका नेपाली राजदूतलाई थप जिम्मेवारी तोक्नुभएको छ ।
डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप जिम्मेवारी दिइएको हो । राष्ट्रपति कार्यालयका अनुसार तुलाधरलाई फिनल्याण्ड र घिमिरेलाई आयरल्याण्डका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको कार्यालयको भनाइ छ ।
टिप्पणीहरू