‘ओली सरकारले जहाँ पाइला राख्यो त्यहीँ भ्रष्टाचार’

‘ओली सरकारले जहाँ पाइला राख्यो त्यहीँ भ्रष्टाचार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी सरकारको भनाइ र गराईमा आकास जमिनको फरक देखिएको टिप्पणी गर्नुभएको छ । 

'श्रम र उत्पादनमा वाइसीएल' अभियानको शुभारम्भ गर्दै उहाँले सरकारको सुशासनको नारा खोक्रो सावित भएको बताउनुभयो । सरकारको काम कारवाहीकै कारण जनतामा आक्रोश बढिरहेको र अवस्था जटिल मोडमा पुगेको प्रचण्डको ठम्याई छ । 

‘संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन र सामाजिक न्यायको दृष्टिकोणले अहिले निकै जटिल मोडमा छौँ’, उहाँले भन्नुभयो, ‘एकातिर व्यवस्थाविरुद्ध गम्भीर षडयन्त्र भइरहेको छ भने, अर्कोतिर सरकार स्वयं सुशासनविरुद्ध लागेको छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले सरकारको ‘पाइला जहाँ पर्छ, त्यहाँ भ्रष्टाचार हुने गरेको’ दाबी पनि गर्नुभयो । ‘अहिलेको सरकारले जहाँ पाइला टेक्छ, त्यहाँ भ्रष्टाचारबाहेक केही छैन, यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको छ’, उहाँले थप्नुभयो । 

अध्यक्ष प्रचण्डले श्रम र उत्पादनसँगै प्रतिगामी शक्तिविरुद्ध सक्रिय हुन वाईसीएलका नेताहरुलाई निर्देशन पनि दिनुभएको छ ।

टिप्पणीहरू