विधानबारे सल्लाह गर्न कमरेडहरू च्यासलमा जुटे

विधानबारे सल्लाह गर्न कमरेडहरू च्यासलमा जुटे

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो पौने २ बजेबाट शुरु भएको बैठक अहिले जारी छ ।

विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बसेको बैठकले भोलिबाट शुरु हुने पोलिटब्युरो र साउन ५ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव छलफलका लागि पेश गर्ने जनाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सचिवहरु लेखराज भट्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठलगायत उपस्थित छन् । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको फिर्तीपछि एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानलाई लिएर विवाद बढिरहेको छ । दुवै पक्ष आ-आफ्नो अडान लिएर विधान महाधिवेशनमा जाने तयारीमा रहेको बुझिन्छ ।

टिप्पणीहरू