एमाले बैठक लम्बियो, १० मीनेट खाजा ‘ब्रेक’

एमाले बैठक लम्बियो, १० मीनेट खाजा ‘ब्रेक’

विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बसेको नेकपा एमालेको सचिवालय बैठक लम्बिएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो पौने २ बजेबाट शुरु भएको बैठक अहिले पनि जारी छ । यसअघिका सचिवालय बैठकहरु प्रायः एकाध घण्टामा सकिन्थ्यो । तर, आज लम्बिने भएपछि नेताहरूले १० मीनेट खाजा ब्रेक लिएका छन् । 

पार्टी कार्यालयस्थित क्यान्टिनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णुप्रसाद रिमाल लगायतका सचिवालय सदस्यले सँगै खाजा खाएका थिए । खाजापछि उनीहरु पुनः बैठक हलमा फर्किएका छन् ।  

बैठकले भोलिबाट शुरु हुने पोलिटब्युरो र साउन ५ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव छलफलका लागि पेश गर्दैछन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः आगमनपछि एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानलाई लिएर विवाद बढिरहेको छ । दुवै पक्ष आ–आफ्नो अडान लिएर विधान अधिवेशनमा जाने तयारीमा रहेको बुझिन्छ ।

आगामी विधान अधिवेनशनमा भण्डारीलाई प्रतिनिधि बनाउने वा नबनाउने भन्ने विषय प्रवेशपछि आजको बैठक लम्बिएको स्रोतको दाबी छ ।

टिप्पणीहरू