टेलिग्राममार्फत अपराध, तुरुन्त बन्द गराउन प्राधिकरणको निर्देशन

टेलिग्राममार्फत अपराध, तुरुन्त बन्द गराउन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले उक्त एप बन्द गराउन सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । 

टेलिग्राम एपमार्फत् अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनि लाउण्डरिङ्गजस्ता गम्भीर अपराधमा संलग्नतासमेत बुझिएकाले बन्द गराउन भनिएको प्राधिकरणले जनाएको छ । 

जारी सूचनामा भनिएको छ, ‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनि लाउण्डरिङ्गजस्ता गम्भीर अपराधमा संलग्नतासमेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचको तत्काल रोक लगाउने, बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’

टिप्पणीहरू