ल्हासामा नेपाल–चीन सम्बन्धको चर्चा
चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासामा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको छ । ल्हासास्थित नेपाली महावाणिज्यूतावासमा भएको कुराकानीमा नेपाल–चीन सम्बन्धका विविध पक्षहरूमा छलफल भएको बताइएको छ ।
सिजाङ अध्यागमन निरीक्षण कार्यालयका महानिर्देशक वान सिहोङले महावाणिज्यदूतावास पुगेर नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग गर्नुभएको भेटवार्तामा उक्त विषयमा जोड दिइएको हो ।
महावाणिज्यदूतावासका अनुसार भेटमा विशेषगरी सीमा तथा आप्रवासन व्यवस्थापन, रसुवामा आएको हालैको बाढीको असर तथा सहयोगका उपायहरूबारे विस्तृत विचारविमर्श भएको छ ।
टिप्पणीहरू