कांग्रेस कार्यालयमा देउवाद्वारा एआईको चर्चा

कांग्रेस कार्यालयमा देउवाद्वारा एआईको चर्चा

मुलुकको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भूमिकाबारे सत्तारुढ नेपाली कांग्रेसले अन्तरक्रिया गरेको छ । 

पार्टीका नेता, आइटी क्षेत्रका विज्ञ, सरोकारवाला लगायतलाई राखेर सो पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागले सानेपास्थित मुख्यालयमा आज अन्तरक्रिया गराएको हो । ‘नेपालको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ विषयक अन्तरक्रियामा सहभागीहरूले एआईको प्रयोग, महत्त्व र त्यसबाट हुनसक्ने फाइदाको चर्चा गरेका छन् । 

सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यसहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक संघसंस्था पदाधिकारीहरुको उपस्थिति थियो । 

सभापति देउवाले प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको धारणा राखे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने उनको तर्क छ । 

आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना नभइ अहिलेको आवश्यकता भएकोमा जो दिँदै देउवाले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरुमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक रहेको बताए ।

टिप्पणीहरू