शीतल निवासमा बिदाइ भेट

शीतल निवासमा बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नर्वेका राजदूतले शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत तोरुन द्रामदालले राष्ट्रपति पौडेलसँग आज शीतल निवासमा बिदाई भेट गरेकी हुन् । 

सो क्रममा नेपाल र नर्वेबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले राजदूत तोरुनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू