मेयरलाई मनाउन मन्त्रालय र माइतीघर
तीन दिनदेखि सत्याग्रहमा रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग सरकारी टोलीले छलफल गरेको छ ।
शहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायको टोलीले आज सत्याग्रहस्थल माइतीघर मण्डला पुगेर मेयरसँग सहमतिको प्रयास गरेको हो । छलफलमा नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानालाई पनि सामेल गराइएको थियो ।
माइतीघरमा सहमति नजुटेपछि वन मन्त्रालयमा गएर थप छलफल गर्ने तयारी सरकारी टोलीले गरेको बुझिएको छ । स्थानीय कच्च पदार्थ र स्रोत साधनको प्रयोगमा बाधक हुने कानुन संशोधन गर्नुपर्नेलगायत सात बुँदे माग राख्दै मेयर भट्टराईले सोमबारदेखि सत्याग्रह थालेका हुन् ।
तस्बिरहलरु







टिप्पणीहरू