नेपाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष निर्वाचित
नेपाल संयुक्त राष्ट्रसंघको प्रमुख अंगमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को आगामी सत्र (२०२५ जुलाई ३१ देखि २०२६ जुलाई ३१) का लागि अध्यक्षमा निर्वाचित भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा उक्त पदमा निर्वाचित भएका हुन् ।
नेपालका लागि यो पहिलो ऐतिहासिक उपलब्धि हो । अध्यक्षमा निर्वाचित भएपछि राजदूत थापाले आफ्नो कार्यकालको मूल नारा ‘डेलिभरिङ बेटर’ घोषणा गरेका छन् । जसअन्तर्गत दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन, समावेशी वित्तीय संरचना, युवाको सक्रिय सहभागिता, जलवायु परिवर्तनको असर न्यूनीकरण र खाद्य सुरक्षा जस्ता विषयहरू पर्छन् ।
टिप्पणीहरू