विवाहित पुरुषलाई ‘खसी पारिदिने’ सल्लाह
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा अध्यापन गर्दै आएकी एक प्राध्यापकले विवाहित पुरुषले अन्य महिलासँग लसपस (शारिरिक सम्बन्ध) गरेमा सोझै खसी बनाइदिन (बन्ध्याकरण गर्न) सल्लाह दिएकी छन् । त्यसैगरी विवाहित पुरुष हो भन्ने थाहा हुँदाहुँदै पनि सम्बन्ध गाँसेर बच्चा नै जन्माउनेको जिम्मेवारी स्वयम् आमा बन्नेले लिनुपर्ने उनको अडान छ ।
समाजशास्त्री निर्मला ढकालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विवाहित पुरुष हो भन्ने थाहा हुँदा हुँदै सम्बन्ध गाँसेर बच्चा नै जन्माउने तयारी गरिसकेपछि फेरि कसैको श्रीमती भएर घरमा किन बस्न पर्यो ? आन्विका गिरीले जस्तै प्यार किया तो डरना क्या भन्दै आफैले जिम्मेवारी लिने हो,अरुको घर खोस्न जाने होइन । जहाँसम्म पुरुषको कुरा छ,घरकी स्वास्नीलाई इनर धुन लगाएर बाहिर तान्डव मच्चाउनेलाई सिधै ‘खसी’ पार्दिए हुन्छ ।
सरकारले तयार पारेको बहुविवाहलाई विशेष अवस्थामा कानुनी मान्यता दिने प्रस्तावमाथि व्यापक विरोध चर्किएको सन्दर्भमा ढकालले सामाजिक सञ्जालमा उक्त धारणा राखेकी हुन् । उनीझैँ अन्य महिला अधिकारकर्मी, कानुन व्यवसायी र विभिन्न नागरिक समूहहरूले प्रस्तावलाई पछाडि फर्किने कानुनी कदम भन्दै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।
‘विवाहित पुरुष हो भन्ने थाहा हुँदा हुँदै सम्बन्ध गाँसेर बच्चा नै जन्माउने तयारी गरिसकेपछि फेरि कसैको श्रीमती भएर घरमा किन बस्न पर्यो ? आन्विका गिरीले जस्तै प्यार किया तो डरना क्या भन्दै आफैले जिम्मेवारी लिने हो,अरुको घर खोस्न जाने होइन । जहाँसम्म पुरुषको कुरा छ,घरकी स्वास्नीलाई इनर धुन लगाएर बाहिर तान्डव मच्चाउनेलाई सिधै ‘खसी’ पार्दिए हुन्छ ।
कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा पहिलो पत्नी दीर्घकालीन अस्वस्थ,सन्तान जन्माउन असमर्थ, वा अन्य ‘उचित’ कारण देखिएको अवस्थामा,पति पक्षलाई दोस्रो विवाहको अनुमति दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसले पुरुषलाई कानुनी रूपमा वैवाहिक बेइमानी गर्न छुट दिने उनीहरुको निचोड छ ।
सामाजिक सञ्जालमा बहुविवाहविरुद्ध ह्यासट्याग प्रयोग गर्दै विरोध भइरहेका छन् । सोही क्रममा ढकालको स्टाटसमा जवाफ लेख्दै केहीले कडा प्रतिक्रिया जनाएका छन् । दिनेश न्यौपाने लेख्छन्, ‘तपाईंले भनेजस्तो गर्ने हो भने विश्वको त थाहा भएन नेपालमा सबै... हुन्छन् । अनि त्यसो गर्ने हो भने २०-३० वर्षमा नेपालमा पुरुष नै हुन्नन् ।’ न्यौपानेको उक्त धारणाप्रति आपत्ति जनाउँदै अनिशा बराल लेख्छिन्, ‘यस्ता पतित नभएकै राम्रो ।’
उता जयनारी सावित्रीले पनि ‘सिधै खसी पार्दिने हो’ भनेकी छन् । ढकालको स्टाटसमा प्रतिक्रिया जनाउँदै विश्वराज पौडेलले ‘खसी पार्दैमा समस्या समाधान नहुने" बताएका छन् । लेख्छन्, ‘ के खसी पारेर मात्र बिकृति हट्ला ? खसी परेकाले तान्डव मच्चाएका छैनन ? बहिला,थाराहरू खसीसंग नै सुरक्षित ठान्छन् र स्वार्थ पूरा नहुँदा समाजमा तान्डव नृत्य मच्चाएका धेरै उदाहरण छन् ।’
ढकाल म्याडमलाई रुपेश कोइरालाको व्यङ्ग्यमिश्रित जवाफ छ, ‘त्यसरी त कसरी संसार चल्ला र म्याडम !’
टिप्पणीहरू