भिज्दै मधेश, उदयपुरमा घनघोर
सुक्खाग्रस्त मधेशमा भइरहेको वर्षाले किसानलाई राहत पुगेको छ । सरकारले संकटग्रस्त घोषणा गरेपछि परेको पानीले खेतीपातीमा आवश्यक सहयोग पुगेको बताइन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा उदयपुरको गाईघाटमा १३२ मिमि वर्षा मापन भएको छ । यो यस वर्ष हालसम्मकै मुलुकका विभिन्न स्थानमा भएको सबैभन्दा बढी वर्षा हो ।
सिराहा, सप्तरी, महोत्तरी, धनुषादेखि पर्सासम्म वर्षा भएको बताइन्छ । लगातार वर्षाका कारण अधिकांश नदीको जलसतह बढ्दै गएको छ भने त्रियुगा नदीको गाईघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ ।
टिप्पणीहरू