मडारिनु पनि व्यापार प्रवर्द्धनकाे नयाँ काइदा

मडारिनु पनि व्यापार प्रवर्द्धनकाे नयाँ काइदा

दक्षिण कोरियामा आयोजित टमाटर महोत्सवमा ठूलो परिमाणमा गोलभेडा सखाप भएको छ ।  वार्षिक ह्वाचोन टमाटर महोत्सवमा सहभागीले गोलभेडामा खेल्दै धमिलो रमाइलो अनुभव सँगालेको प्रतिक्रिया दिएका छन् ।

स्थानीय गोलभेडाको प्रवद्र्धन र सामुदायिक उत्साह बढाउने उद्देश्यले आयोजना गरिने यो महोत्सवमा सङ्गीत र विभिन्न सांस्कृतिक कार्यक्रम पनि समावेश गरिन्छ ।

महोत्सवका सहभागीहरू गोलभेडाको पोखरीमा हामफाल्दै, शरीरभरि गोलभेडा दल्दै र एक–अर्कालाई गोलभेडाले हिर्काउँदै रमाइरहेका थिए । रातो रङमा रंगिएको महोत्सवस्थल हाँसो र उमंगले भरिएको थियो ।

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू