सिनेमा पढ्नेलाई छात्रवृत्तिको अवसर

सिनेमा पढ्नेलाई छात्रवृत्तिको अवसर

यो वर्षको चलचित्र छात्रवृत्तिका लागि आवेदन खुलेको छ । चलचित्र विकास बोर्डले आज सार्वजनिक सूचनामार्फत आवेदन आह्वान गरेको हो । 

चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति दिन लागेको सूचनामा उल्लेख छ । बोर्डका अनुसार सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थी, अनुसन्धानदाता तथा शोधकर्ता छात्रवृत्तिका लागि योग्य मानिनेछन् । 

‘यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य विद्यार्थी, अनुसन्धानदाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन पेश गर्न आह्वान गरिन्छ’, सूचनामा भनिएको छ । 

बोर्डको कार्यालय वा इमेल ठेगानामार्फत अनलाइन आवेदन दिन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी बोर्डको वेबसाइटमा राखिएको छ । 

छात्रवृत्तिले फिल्म सम्बन्धी अध्ययन/अनुसन्धान गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गर्ने बोर्डको विश्वास छ ।
 

टिप्पणीहरू