लागूपदार्थ कारोबारी समात्न हवाई फायर

लागूपदार्थ कारोबारी समात्न हवाई फायर

सप्तरी प्रहरीले हवाई फायर गर्दै दुई जना लागूपदार्थ कारोबारीलाई नियन्त्रणमा लिएको छ। छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामा छिन्नमस्ता गाउँपालिका–१ निवासी विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ निवासी मनोज राय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार उनीहरूको साथबाट सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको छ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीले जानकारी दिनुभयो।

हाल घटनास्थल आसपासका क्षेत्रहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू