महिला प्रहरीको वृत्तचित्र बनाइँदै

महिला प्रहरीको वृत्तचित्र बनाइँदै

नेपाल प्रहरीले पहिलो पटक आयोजना गर्न लागिएको ‘महिला प्रहरी सम्मेलन’ को लागि वृत्तचित्र निर्माण गर्ने भएको छ । महिला प्रहरीले गरेका काम कारबाही समेटेर वृत्तचित्र बनाउन लागिएको हो । 

त्यसका लागि प्रहरी हेडक्वार्टरले मातहतका सम्पूर्ण निकाय,विभाग तथा कार्यालयलाई आ–आफ्नो कार्यालयबाट महिला प्रहरीले गरेका काम कारबाहीको विवरणसहित श्रव्यदृश्य सामग्री (फोटो र भिडियो) पठाउन निर्देशन दिएको छ । 

ट्राफिक व्यवस्थापन, बाढी पहिरोमा उद्धार, लागुऔषध बरामद, कार्यालय सञ्चालनलगायत उत्कृष्ट कार्य तथा त्यस्ता गतिविधिको संक्षिप्त विवरणसहित फोटो र भिडियो यही साउन २१ गतेभित्र पठाउन भनिएको छ । 

‘श्रव्यदृश्य सामग्रीहरु (फोटो र भिडियो) कार्यालय प्रमुख स्वयमले दिलचस्पी लिई यथाशीघ्र मिति २०८२–०४–२१ गते कार्यालय समयभित्र श्रव्यदृश्य शाखाको इमेल, ह्वाट्सएपमा पठाउन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख छ । 

लैंङ्गिक समानता र न्यायलाई मूल प्रवाहीकरण गर्ने लक्ष्यका साथ आउँदो भदौ ५ र ६ गते प्रहरी प्रधान कार्यालयले महिला प्रहरी सम्मेलन आयोजना गर्दैछ ।

यो पनि...

‘महिला प्रहरी सम्मेलन’ को जिम्मा एआईजी अधिकारीलाई

टिप्पणीहरू