कोशी ब्यारेजमा खतराको संकेत

कोशी ब्यारेजमा खतराको संकेत

अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । गएराति १० बजे पानीको बहाव १,७९,७४० क्युसेक पुगेको थियो । हाल कोशी ब्यारेजका १९ वटा ढोका खोलिएको छ भने खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको छ ।

वि.सं. २०६५ मा देखिएको उच्च बहावले कोशीको पूर्वी तटबन्ध भत्किएको थियो । बहवा बढेपछि उदयपुरको बेलका नगरपालिकाका २, ३, ६, ८ र ९ नम्बर वडाको धेरै भाग डुबान र कटानको उच्च जोखिममा परेका छन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अवलोकन गरी स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

टिप्पणीहरू