सरुवा भएका शाखा अधिकृतहरुमध्ये अधिकांश भूमिमा
सरकारले ३२ जना शाखा अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै शाखा अधिकृतमा बढुवा भएकाहरुको सरुवा गरेको हो ।
मन्त्रालयको अतिरिक्त समूहमा राखिएका उनीहरुलाई सरुवा गरेर विभिन्न स्थानमा खटाइएको छ । तीमध्ये दुई तिहाईलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका निकायमा जिम्मेवारी दिइएको छ ।
अन्यलाई विभिन्न स्थानीय तह, जिल्ला समन्वय समितिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा खटाइएको छ ।
टिप्पणीहरू