आधा मिनेटमा बाढीले सिङ्गै गाउँ सखाप
भारतको उत्तराखण्डस्थित उत्तरकाँशी जिल्लाको धरालीमा भीषण बाढी आउँदा चार जनाको ज्यान जानुका साथै ५० भन्दा बढी वेपत्ता भएका छन् ।
स्थानीय समयअनुसार आज दिउँसो पौने २ बजेतिर अचानक आएको बाढीले ३४ सेकेन्डमै सिंगो गाउँ बगाएको हो । बाढीपछि त्यसक्षेत्रमा सम्पूर्ण सडक बन्द गरिएको छ भने स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुई दिनयता उक्त क्षेत्रमा भारी वर्षा भइरहेको छ । तर, भूगर्भविदहरुले भने वर्षाको कारण नभई खीर गंगामा बादल फुटेपछि अचानक बाढी आएको बताएका छन् ।
बाढी आएको क्षेत्रमा भारतीय सेना, प्रहरीको उद्धार टोली खटिएको छ ।
टिप्पणीहरू