मानवसेवा आश्रमलाई एसबीआईको सहयोग
नेपाल एसबीआई बैंकले कैलालीको धनगढीस्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
यसले सडकमा रहेका घरबारविहीन र शारिरिक तथा मानसिक रुपमा अशक्त व्यक्ति लाभान्वित हुने बैंकको विश्वास छ । एसबीआई बैंकले समुदायको हितका लागि यस्ता सहयोग गर्दै आइरहेको छ ।
विगत ३२ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय एक शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ्ग, एक सय २५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू