विद्याभूषणका लागि आवेदन आह्वान

विद्याभूषणका लागि आवेदन आह्वान

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याभूषणसहित तीन पदकका लागि निवेदन माग गरेको छ । राष्ट्रिय शिक्षा दिवसमा प्रदान गर्नेगरी ती पदकका लागि आवेदन मागिएको हो । 

नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक ‘क’, ‘र’ र ‘ख’ तथा नेपाल प्रविधि विद्याभूषण पदकका लागि निवेदन मागिएको छ । 

नेपाल विद्याभूषण पदकका लागि नेपाली तथा विदेशी विश्वविद्यालयबाट तोकिएको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ । यसका लागि नेपाली र विदेशी दुवै विद्यार्थीले निवेदन दिन सक्नेछन् । 

यस्तै, नेपाल छात्रा विद्यापदकका लागि स्नातक तह, कक्षा १२ वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को २०ं८१ को अन्तिम परीक्षामा सबैभन्दा बढी ग्रेड प्राप्त छात्रा हुनुपर्छ । 

नेपाल प्रविधि विद्याभूषणका लागि भने विश्वविद्यालय अनुदान आयोगले तोकेबमोजिम हुनुपर्ने छ । पदकका लागि निवेदन दिने समयावधि आउँदो भदौ ४ गतेसम्म तोकिएको छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयबाट प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू