अनुशासनहीन कार्यकर्ताको विवरण खोज्दै सिके राउत

अनुशासनहीन कार्यकर्ताको विवरण खोज्दै सिके राउत

डाक्टर चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले अनुशासन उल्लंघन गर्ने नेता-कार्यकर्ताको विवरण संकलन गर्न लागेको छ । 

केन्द्रीय सचिवालयले पार्टीविरोधी गतिविधि गर्ने कार्यकर्ताको नाम, ठेगानासहितको पूर्ण विवरण केन्द्रीय कार्यालयमा पठाउन जिल्ला इञ्चार्जहरुलाई निर्देशन दिएको हो । जारी सर्कुलरमा बदमाशीको प्रमाण पठाउन पनि भनिएको छ । 

‘पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टीविरोधी गुट समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्ट गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रुपमा केन्द्रीय सचिवालयमा पठाइदिन हुन अनुरोध छ’, सर्कुलरमा लेखिएको छ । 

त्यस्तै, अबदेखि कुनै समितिमा बस्न, कुनै तहमा टिकट लिन वा पार्टीको सिफारिसमा लाभ लिन चाहने सदस्यहरुले अनिवार्य रुपमा अनुशासन सफाईको प्रमाण पत्र लिनुपर्ने पनि जनाइएको छ ।

टिप्पणीहरू