भेरीको जलसतह बढेपछि डोल्पाको सदरमुकाम जोखिममा
डोल्पाको सदरमुकाम दुनै बजार उच्च जोखिममा परेको छ । भेरी नदीको सतह बढेपछि सदरमुकामको जनजीवन प्रभावित भएको छ ।
अत्यधिक वर्षापछि भेरी नदीको सतह बढेको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहारी कार्यलयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । डोल्पाको सदरमुकाम दुनैमा यो समस्या हरेक वर्षको वर्षायाममा हुने गरेको छ ।
टिप्पणीहरू