बागमतीमा आइतबार सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिएको छ। गाईजात्राको अवसरमा सो दिन बिदा दिइएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी गराएको छ।
सूचनामा भनिएको छ, ‘बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, प्रदेश राजपत्र भाग ३, मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम यही मिति २०८२–०४–२५ गते आइतबार गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ।’
टिप्पणीहरू