९० रुपैयाँभन्दा बढीमा सीम बेचे कारबाही
नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिएमा जानकारी गराउन अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै टेलिकमले यस्तो अनुरोध गरेको हो ।
टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर बेचबिखन गर्दै आएको छ । कम्पनीले तोकेभन्दा बढी मूल्यमा सिमकार्ड बेच्नु गैरकानूनी भएको भन्दै नजिकको दूरसञ्चार कार्यालय, स्थानीय प्रशासन वा प्रहरीमा जानकारी गराउन आग्रह गरिएको छ ।
‘कुनै पनि बिक्री केन्द्र, पसल आदिमा तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू