उच्चमा २७ न्यायाधीश नियुक्त हुँदा १६ जना जिल्लाका (सूचीसहित)

उच्चमा २७ न्यायाधीश नियुक्त हुँदा १६ जना जिल्लाका (सूचीसहित)

उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्त भएका छन् । आज बसेको न्याय परिषद बैठकले १६ जना जिल्ला न्यायाधीश, दुई सह-रजिष्टार, सहन्यायाधिवक्ता र कानुन मन्त्रालयका सहसचिव एक-एक र सात जना अधिवक्तालाई उच्चको न्यायाधीश बनाउने निर्णय गरेको हो । 

जसअनुसार जिल्ला न्यायाधीशहरू गोपाल प्रसाद बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेलको नाम सिफारिसमा परेको छ । 

त्यस्तै, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दल बहादुर केसी वासुदेव न्यौपाने, प्रकाश चंद्फ्र अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई दिपक खनाल अवनी मैनाली भट्टराई पनि उच्चमा उक्लिएका छन् । 

बढुवा भएका सबै जिल्ला न्यायाधीशहरूको पदस्थापनसमेत गरिएको छ ।   

परिषदका सचिव यमबहादुर बुढा मगर उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा सिफारिस भएका छन् । उच्च अदालत पोखराका रजिष्टार खड्गराज अधिकारीलाई न्यायाधीश सिफारिस गरी उच्च अदालत दिपायल पदस्थापन गरिएको छ । 

सर्वोच्चका सहरजिष्टार अच्युत कुइकेल उच्च अदालत पाटनको न्यायाधीश बनेका छन् । उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता शंकर खत्रीलाई न्यायाधीश बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज पठाइने छ ।

कानुन मन्त्रालयका सहसचिव कोमल बहादुर खत्री उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस भएका छन् ।

 

टिप्पणीहरू