भालेश्वरमा महाआरती, चन्द्रागिरीमा विशेष छुट
चन्द्रागिरी हिल्सले भोलि केबलकार टिकटमा छुट घोषणा गरेको छ । साउन महिनाको अन्तिम सोमबारका दिन दिनभर २५ प्रतिशत छुट र अपरान्ह ४ बजेपछि टिकट मूल्य ४०० कायम गरिएको छ ।
साँझको विशेष आरतीमा सहभागी हुनेलाई उक्त सुविधा दिइएको कम्पनीको भनाइ छ । भोलि भालेश्वर महादेव मन्दिरमा विशेष भजनकीर्तनको महाआरती गरिँदै छ ।
टिप्पणीहरू