अध्यक्षका आकांक्षीहरु कागजपत्र बोकेर उपस्थित हुँदै

अध्यक्षका आकांक्षीहरु कागजपत्र बोकेर उपस्थित हुँदै

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदका लागि एक दर्जन ‘सर्ट लिस्ट’ मा परेका छन् । दरखास्त दिएकामध्ये ११ जनालाई सिफारिस समितिले छनौट गरेको छ ।

सर्ट लिस्टमा परेकामा पाँचथरका दुतबहादुर गुरुङ, काठमाडौंका डा.पुष्पमान श्रेष्ठ, इलामका डा.भूपालकृष्ण थापा, मोरङका पंकजकुमार दास, काठमाडौंका गोरखराज जोशी, गोरखाका कृष्णसिंह बस्नेत, बर्दियाका मोहनराज जोशी, रामेछापका अर्जुनकुमार खड्का, काठमाडौंका दीपकप्रसाद कुइकेल, धनुषाका रामदेव यादव र काठमाडौंकी डा.माला खरेल छन् । 

उनीहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका निम्ति आउँदो भदौ १ र २ गते समय तोकिएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा हुने अन्तरवार्ता र प्रस्तुतीकरणका लागि दरखास्तसाथ पेश गरिएका शैक्षिक प्रमाणपत्र र अनुभवसम्बन्धी कागजातसहित उपस्थित हुन भनिएको छ ।

टिप्पणीहरू