ढुंगेलको बारीमा लटरम्म अकबरे

ढुंगेलको बारीमा लटरम्म अकबरे

तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका–३ का युवा व्यवसायी सुजन ढुंगेलको कृषि फार्ममा यतिबेला अकबरे खुर्सानी लटरम्म फलेको छ । स्वादिलो पिरोका कारण बजारमा लोकप्रिय अकबरे खुर्सानीको राम्रो उत्पादन भएपछि ढुंगेल उत्साहित छन् ।

उनका अनुसार यो वर्षको मौसम अनुकूल रहेको र समयमै हेरचाह गरिएकाले उत्पादन वृद्धि भएको हो । अकबरे खुर्सानीको माग स्थानीय बजारसँगै बाहिरी जिल्लामा पनि बढ्दो छ । यसले आफ्नो परिवारको आयआर्जनमा समेत टेवा पुर्याएको ढुंगेलको भनाइ छ ।
 

टिप्पणीहरू