थोरै मानिस पठाउने म्यानपावर एजेन्सीको नवीकरण धमाधम
वैदेशिक रोजगारीमा वार्षिक एक सयजना कामदार पनि पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत नवीकरण शुरु भएको छ । यसअघि वार्षिक एक सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरुको इजाजत पत्र रद्द गरिने कानूनी व्यवस्था थियो ।
हालै केही नेपाल ऐन संशोधनमार्फत उक्त व्यवस्था खारेज गरिएपछि वैदेशिक रोजगार विभागले दर्ता थालेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो पत्रानुसार नवीकरण थालिएको वैदेशिक रोजगार हो । नवीकरणका लागि म्यानपावर व्यवसायीले अनलाइनमार्फत निवेदन बुझाउन सक्ने व्यवस्था छ ।
टिप्पणीहरू