रसुवागढीको बाढीले चीनमै अड्किएका नेपाली भोलि घर आउँदै

रसुवागढीको बाढीले चीनमै अड्किएका नेपाली भोलि घर आउँदै फाइल फाेटाे

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र हुँदै आएको ल्हेन्देखोलामा गत असार २४ गते रातिको बाढीका कारण उतै अड्किएका झण्डै दुई सय जना नेपाली भोलि स्वदेश फर्कँदै छन् । बाढीले नेपाल–चीन सीमानामा रहेको मितेरी पुल बगाउनुको साथै सडक भत्काएर क्षत विक्षत बनाएपछि दुई मुलुकबीच व्यापारिक आदान प्रदान तथा मानिसको आवतजावत बन्द भएको छ ।

त्यसअघि विभिन्न प्रयोजनका लागि सिजाङ गएका १८१ जना नेपाली उतै अड्किएका थिए । उनीहरुलाई आवश्यक कागजात तयार पारेपछि भोलि नेपाल ल्याउने तयारी गरिएको अधिकारीहरुले बताएका छन् । बाढीका कारण अड्किएकाहरुमा अधिकांश तामाङ,शेर्पा समुदायका छन् । केही नेवार र केही अन्य समुदायका छन् भने यसरी अड्किनेमा महिला पनि छन् ।

टिप्पणीहरू