धामी झाँक्रीबाट सोझै डाक्टरमा "बढुवा"

धामी झाँक्रीबाट सोझै डाक्टरमा "बढुवा"

 धामीझाँक्रीको नाममा सोझा जनतालाई मूर्ख बनाउँदै आएका प्रकाश भुजेल अहिले ‘डाक्टर’ बनेका छन् । उनी केही वर्षअघि मेलम्ची चल्ने बसका ड्राइभर थिए । हाल ड्राइभरबाट सीधा ‘डाक्टर’को परिचयसम्म पुगेका छन्,तर यो थप अध्ययन वा अनुसन्धान गरेर भने होइन ।

कुन संस्थाले उनलाई ‘डाक्टर’को उपाधि दियो भन्ने स्पष्ट छैन, र उक्त संस्थाको उपाधि वितरण गर्ने कानुनी आधार पनि देखिन्न । तर,‘डाक्टर’ उपाधि पाएको भन्दै उनले आफ्नो फेसबुकमा नामसमेत परिवर्तन गरिसकेका छन् । राज्य कमजोर हुँदा जसले जे गरेर पनि नागरिकलाई मूर्ख बनाउन सक्ने अवस्थाको यो ज्वलन्त उदाहरण हो ।

टिप्पणीहरू