मनसुन देशैभर सक्रिय, सतर्कता अपनाउन अनुरोध

मनसुन देशैभर सक्रिय, सतर्कता अपनाउन अनुरोध

आगामी २४ घण्टा मनुसन सक्रिय हुने भएकाले मुलुकभर सतर्ककता अपनाउन जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई तथा मधेश क्षेत्रमा रहेकाले आज धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

महाशखाका अनुसार मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुनसक्छ । कर्णाली प्रदेशमा पनि पानी पर्नसक्ने आकलन छ ।

टिप्पणीहरू