खिमानन्द श्रीमानको इजलासमा चक्रे मिलनको बयान

खिमानन्द श्रीमानको इजलासमा चक्रे मिलनको बयान

गुण्डा नाइकेका रुपमा परिचित चक्रे मिलन भनिने मिलन गुरुङ्गसहितको बयान शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासमा अहिले बयान चलिरहेको छ ।

गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा बर्थ–डे मनाउने क्रममा होहल्ला गरेवापत पक्राउ परेका उनीस्थित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हिजो अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको थियो । 

मुद्दा चल्नेमा उनीसहित जितबहादुर लामा,रितिक लामा,चन्द्रदेव कार्की, प्रकाश गोले,अमिर आलेमगर,उत्तम महर्जन,प्रनिश केटल,राजु परियार, राजेश भनिने रोजेश खड्का, गणेशबहादुर बोगटी, रोशन सुवेदी, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, सफल भन्ने सुजल शाही र निराजन पौडेल रहेका छन् ।

टिप्पणीहरू