चन्दा नदिदाँ नापीका हाकिमलाई कालोमोसो

चन्दा नदिदाँ नापीका हाकिमलाई कालोमोसो

चितवनको खैरहनीस्थित नापी कार्यालय प्रमुख शालिग्राम लम्सालमाथि दुर्व्यवहार गर्नेउपर कारबाही माग गरिएको छ । 

कार्यालयले आज विज्ञप्ति जारी गर्दै उनीमाथि कालोमोसो दल्नेलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्ने जनाएको हो । कार्यालय प्रमुख लम्साललाई हिजो कार्यकक्षमै रहेका बेला नेकपा बहुमतका दुई कार्यकर्ताले कालोमोसो दलेका थिए । 

चन्दा नदिएकै कारण कर्मचारीलाई डर, धम्की तथा त्रास देखाउने, मनोबल गिराउने, व्यक्तिगत इज्जतमा आँच आउने गतिविधि गरिँदै आएको भन्दै कडा कारबाहीको माग गरिएको छ ।  

‘उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम हदैसम्मको कानूनी कारबाही गरियोस् भनी नापी कार्यालय चितवन परिवार नेपाल सरकारसँग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू