अमेरिकाबाट राजीनामा पठाएका डाक्टर भन्छन् : सल्लाह–सुझावका लागि तयार छु
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियो भास्कुलर विभागका प्रमुख डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनसमेत रहेका उनले आज ईमेलमार्फत् केन्द्रमा राजीनामा पत्र पठाएका हुन् ।
अमेरिकामा रहेका उनले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा पत्र सार्वजनिक गर्दै अक्टोबर १६ अघि केन्द्रमा उपस्थित हुन नसक्ने बताएका छन् । आफ्नो व्यक्तिगत कारणले पदमा रहन असमर्थ रहेको उल्लेख गर्दै आउँदो असोज ३० गतेदेखि लागु हुनेगरी राजीनामा स्वीकृत गरेर सञ्चालक समितिसमक्ष जानकारी गराइदिन आग्रह गरेका छन् ।
‘आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियो भास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रुपमा कार्यरत रहेकोमा हाल व्यक्तिगत कारणले सो पदमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल–हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु’,पत्रमा भनिएको छ ।
डा.कोइरालाले केन्द्रको प्रगतिका लागि सल्लाह–सुझाव चाहिएमा आफू हरदम उपलब्ध हुने पनि बताएका छन् ।
टिप्पणीहरू