चर्च ब्वाईज क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा चर्च ब्वाईज क्लब ललितपुर विजयी भएको छ । द योङ ब्रदर्स क्लब इटहरी, सुनसरीलाई १ का विरुद्ध ३ गोलले पछि पार्दै चर्च ब्वाईज फाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि बराबरीमा टुंगिएको थियो। खेल ट्राइबेकरमा पुगेपछि चर्च ब्वाईज क्लब ललितपुरले १ का विरुद्ध ३ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।
अब भोलि रेड स्टार फुटबल क्लब झापा र सहलेश युवा क्लब सिरहा बीचको सेमिफाइनल खेलबाट विजयी हुने टोली र चर्च ब्वाईज क्लब ललितपुरबीच शनिबार फाइनल खेल हुने छ ।
टिप्पणीहरू