एमसिसीका उपाध्यक्षको भेटघाट भटाभट

एमसिसीका उपाध्यक्षको भेटघाट भटाभट

नेपाल भ्रमणमा रहेका एमसीसीका अधिकारी उच्चस्तरीय भेटघाटमा जुटेका छन् ।

मंगलबार साँझ काठमाडौँ आइपुगेका युरोप,एसिया,प्रशान्त र ल्याटिन अमेरिकी क्षेत्रका लागि एमसीसीको सहायक उपप्रमुख जोन विंगल हिजोदेखि विभिन्न भेटवार्ता र छलफलमा सक्रिय भएका हुन् । नेपालमा एमसीसी परियोजना सञ्चालनको अवस्थाबारे बुझ्न आएको भनिएका ट्रम्प प्रशासनका विश्वासिला उनले हिजो एकैदिन दुई मन्त्रीसँग वार्ता गरे ।

बिहान सिंहदरबार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग करिब २५ मीनेट छलफल गरेका उनी दिउँसो वनमन्त्री भेट्न पुगेका थिए । उपप्रधानमन्त्री र एमसीसीका उपप्रमुखबीच बिहान १० देखि १०:२५ बजेसम्म मन्त्रालयमै गोप्य वार्ता भएको जनाइएको छ ।

दिउँसो वन मन्त्रालयमा भएको भेट करिब २० मीनेट चलेको थियो । मन्त्री ऐनबहादुर शाहीलाई भेट्न दिउँसो १ बजे मन्त्रालय छिरेका उनी १ बजेर २० मीनेटमा त्यहाँबाट बाहिरिएको बताइएको छ ।

मंगलबार कतार एअरवेजको क्युआर-६४६ उडानमार्फत काठमाडौँ उत्रिएका विंगल डोनाल्ड ट्रम्प राष्ट्रपति भएर आएपछि नेपाल भ्रमण गर्ने एक उच्च अधिकारी हुन् । ३० दिनको अफिसियल भिसा लगाएर आएका उनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी पाइएको छ ।
 

टिप्पणीहरू