दुई तारे जर्नेल विदेश जाने,एकतारेको म्याद थपिने
सरकारले नेपाली सेनाका एक जना उपरथीलाई विदेश भ्रमणमा जान स्वीकृति दिएको छ । अस्ति राति बसेको क्याबिनेट बैठकले उपरथी एक जनालाई रक्षा मन्त्रालयले विदेश भ्रमणका लागि पठाएको प्रस्ताव स्वीकृत गरेको बताइन्छ । सार्वजनिक गरिएको क्याबिनेटको निर्णयमा उनको नाम खुलाइएको छैन ।
अस्तिकै मन्त्रिपरिषद् बैठकले सहायक रथी एक जनाको पदावधि थप गरेको छ । हेडक्वार्टरको प्रस्तावमा रक्षा मन्त्रालय हुँदै गएको उक्त म्याद थपको सिफारिसलाई क्याबिनेटले सदर गरिदिएको हो । ती भाग्यमानी एकतारे जर्नेलको नाम पनि क्याबिनेट निर्णयमा उल्लेख गरिएको छैन ।
टिप्पणीहरू